रिहा पछि अरुण चौधरीले भने-राजनीतिक प्रतिशोध साँधियो
काठमाडाैं | फागुन ७, २०७९
धनगढी : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आम माफी पाएर जेलमुक्त भएका सांसद अरुण कुमार चौधरीले आफूसँग राजनीतिक प्रतिशोध साँधेको प्रतिक्रिया दिएका छन् । आम माफिपछि आइतबार कैलाली कारागारबाट रिहा भएलगत्तै पत्रकारसँग कुराकानी गर्दै चौधरीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘फैसला भएको पनि जानकारि दिइएन, तीन/तीन पटक चुनाव लड्दा कसैले पनि यो कुरा उठाएन । म काँग्रेसमा हुँदा समेत मेरो यो मुद्धाको फैसला भएको नभएको,मलाई जेल तोके नतोकेको केही पनि थाहा भएन,तर जब म नागरिक उन्मुक्तिबाट जितेर प्रतिनिधि सभामा पुगे,अनी बल्लल यो मुद्दा उठ्यो र मलाई प्रतिशोध स्वरुप पक्राउ गरियो,'चौधरीले भने ।
उनले १८ दिनको कारागारको बसाइ स्मरणीय रहेको बताउँदै रिहा गरेकोमा नेपाल सरकार र राष्ट्रपतिको कार्यालयलाई धन्यवाद समेत दिए । ‘१८ दिनको कारागारको बसाइ स्मरणीय रह्यो, नेपाल सरकार र राष्ट्रपतिको कार्यालयलाई आम माफीका लागि धन्यवाद दिन चाहन्छु,' अरुणले भने ।
अरुण,कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनी नागरिक उन्मुक्ति पार्टीका सचेतक समेत हुन् । कैलाली कारागारमा रहेका चौधरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा आम माफी दिएकी हुन्।
प्रहरीले सांसद चौधरीलाई माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो। करिब १२ वर्षअघि उनलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो।
सोही आदेशअनुसार उनी माघ २० गते कैलाली जेल चलान भएका थिए । तर, चौधरीले गृहमन्त्रालयलाई जेल सजाय माफी गरिदिन भन्दै कैद माफी मिनाहाका लागि निवेदन दिएका थिए।
सांसद चौधरी पक्राउपछि निलम्बनमा परेका थिए। रिहाइ भएसँगै चौधरीलाई स्वागत गर्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहित समर्थक कारागार पुगेका थिए ।
अरुणको गिरफ्तारी लगत्तै अध्यक्ष चौधरीले संघीय सरकारबाट समर्थन फिर्ता लिएको बताएकी थिइन। उन्मुक्तिले विश्वासको मत नदिदा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको थियो।
तर अरुणको रिहा लगत्तै चौधरीले संघीय सरकारको समर्थन भने यथावत रहको प्रतिक्रिया दिएकी छन् । ‘हो,मैले स्टाटस लेखेर सरकारको समर्थन सकिएको भनेको हुँ,कांग्रेसमा रहदा केही पनि नगर्ने उन्मुक्तिबाट जितेपछि पक्राउ गर्ने प्रतिशोध थियो त्यो,'रञ्जिताले भनिन्, ‘हामीले सरकारलाई दिएको समर्थन यथावत रहन्छ । हामीले प्रधानमन्त्रीलाई समर्थन गरेको हो । समर्थन गरेर हामी प्रतिपक्षमै बसिरहेका छौं ।’
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

